Kathmandu Press

प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो। तर, त्यसबेला निकै ढिलो भइसकेको थियो,’ उनले भने।
प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न ढिला गर्नुभयो : सांसद भट्टराई

काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाएका छन्।

Hardik ivf

‘अस्थिरता हुन्छ भनेर हामी तलै बस्यौँ र प्रधानमन्त्रीजीलाई सहयोग गर्‍यौं। तर, गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौं।’

उनले प्रधानमन्त्री दाहालले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताए।

‘हामीले एक पटक फेरी फर्केर हेर्ने बेला भएको छ। ०४६ सालको जनआन्दोलनमा  नेकपा एमाले  र  कांग्रेसबीच सहकार्य  नभएको भए  देशमा बहुदलीय व्यवस्था आउँदैनथ्यो। तर २८ गतेसम्म प्रधानमन्त्रीले के कुर्नुभएको हो थाहा छैन,’ उनले भने।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेलाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए।

‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो। तर, त्यसबेला निकै ढिलो भइसकेको थियो,’ उनले भने।

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्