Kathmandu Press

‘बाढी-पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्‍याे’

‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ। यो बाढी–पहिरोले सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ। यसलाई हामीले छिटो भन्दा छिटो पन्छाउनुपर्यो,’ उनले भने।
‘बाढी-पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्‍याे’

काठमाडौं, असार २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढिू पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए।

Hardik ivf

‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ। यो बाढी–पहिरोले सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ। यसलाई  हामीले छिटो  भन्दा छिटो पन्छाउनुपर्यो,’ उनले भने।

उनले ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले पहिरे खोलामा पुल नहुँदा आफ्नो फोटो राखेर रिपसमेत लेखेकोमा दुख लागेको  जिकिर गरे।

साथै उनले अहिले जिल्लाका बोटाहरू तथा सडकहरू रोपाइँ गर्ने खेत जस्तो भएकाले त्यसलाई पनि छिटोभन्दा छिटो निर्माण गर्न आग्रह गरे।

 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्