Kathmandu Press

बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

काठमाडौं, असार २३ : सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

संसदमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले यस्तो दुखद र विपदको घडिमा सबै राजनीतिक दललगायत सरोकारवालाहरुलाई जनतालाई सहयोग गर्न अपिल गरे।

‘निरन्तर वर्षा भइरहेका बेला माननीय गृहमन्त्रीले जसरी हामीसँग तयारीको कुरा गरिरहनुभएको थियो त्यसलाई अझ व्यवस्थित गरेर जनताको दुःखमा मलमपट्टी लगाउनका लागि लागिरहनका लागि म विषेश आग्रह गर्न चाहन्छु,’ उनले भने।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रहरुमा उत्पन्न बाढी, पहिरो र सडक सुरक्षामा उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराइन्।

‘म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु। काठमाडौं उपत्यकासहित देशभरी भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ,’ उनले भनिन्, ‘उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा समेत बाढी आएको छ। उचित व्यवस्थापन र पीडितलाई राहतको व्यवस्था गरियोस्।’

प्रकाशित मिति: १३:०० बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्