Kathmandu Press

मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढलका प्रहरी नियन्त्रणमा

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन्। मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढलका प्रहरी नियन्त्रणमा

काठमाडौं, असोज २३ : हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन्। मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

ढकाल गजुरेलकी पूर्वपत्नी हुन्। उनीहरुबीच सम्बन्ध विच्छेद भइसकेको छ।

मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ।

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्