Kathmandu Press

एमालेले संसदबाट माग्यो प्रधानमन्त्रीको राजीनामा

‘वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ,’ उलने भने, ‘नेपाली कांग्रेस र नेकपा माले बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु।’
एमालेले संसदबाट माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, असोज २३ : प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपिक्षी बेन्चमा बसेको नेकपा एमालेले संसदबाटै प्रधानमन्त्रीको राजीनामा मागेको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

Hardik ivf

एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

‘वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ,’ उलने भने, ‘नेपाली कांग्रेस र नेकपा माले बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु।’

यस्तै, एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए।

‘अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,’ उनले भने।

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्ग प्रशस्त गर्न अनुरोध गरे। उनले भने, ‘सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गर्न चाहन्छु।’

 

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्