Kathmandu Press

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह

आइतबार बसेको एमाले संसदीय दलको बैठकको प्रधानमन्त्रीलाई दाहाललाई राजीनामा दिँदै मार्ग प्रशस्त गरेको प्रमुख सचेतक महेश बर्तौलाले बताए।
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह

काठमाडौं, असार २३ : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन माग गरेको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकको प्रधानमन्त्रीलाई दाहाललाई राजीनामा दिँदै मार्ग प्रशस्त गरेको प्रमुख सचेतक महेश बर्तौलाले बताए।

बैठकले कुनै पनि महत्वपूर्ण निणर्य नगर्न ध्यानकर्षण गराइएको बर्तौलाले जानकारी दिए।

Hardik ivf

‘उहाँले किन राजीनामा नदिएर अल्झाउनुभएको छ? अबिलम्व राजीनामाको माग गरेको छ,’ उलने भने, ‘यो सरकारले कुनै निर्णय गर्ने हैसियत राख्न सक्दैन। त्यो मत गुमाइसकेको छ। अहिले निर्णय गर्नु राष्ट्रहित विपरीत हुन्छ। कुनै निर्णय नगर्न सचेत गराएको छ।’

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिए विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको उनले बताए।
 

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्