Kathmandu Press

सुदूरपश्चिममा जताततै पहिरो, सडक अवरुद्ध

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो।
सुदूरपश्चिममा जताततै पहिरो, सडक अवरुद्ध

कैलाली, असार २३ : गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ।

पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्।  

Hardik ivf

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो।

दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो।

बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ। पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ।
यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ। रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो।

डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन्। रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ।

उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ।

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्