तनहुँमा बहिरोमा पुरिएका २ जनाको शव भेटियो
प्रहरीले आइतबार बिहान अनिषा बास्तोला र श्याम भण्डारीको शव भेटेको हो। हिराको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए।
तनहुँ, असार २३ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव भेटिएको छ।
शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनीसहित ३ जना पुरिएका थिए। हिराको शव शनिबार नै फेला भेटिएपनि अन्य दुई जनाको शव वेपत्ता भएको थियो।
प्रहरीले आइतबार बिहान अनिषा बास्तोला र श्याम भण्डारीको शव भेटेको हो। हिराको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए।
पहिरोमा परी विष्णुबहादुर नेपाली, विशाल तिमिल्सिना, रवि घिमिरे, रुपकुमारी नेपाली र विमल नेपाली घाइते भएका छन्।
प्रकाशित मिति: ११:१६ बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार