सप्तकोशीमा पानीको बहाव उच्च, काेशी ब्यारेजका ५६ वटै ढोका खोलियो
पानीको बहाव अत्याधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। शनिबार रातिबाट ब्यारेजका सबै ढोका खोलिएको हो।
काठमाडौं, असोज २३ : दुई दिनदेखि लागतार भइरहेको वर्षाको कारण सप्तकोशीमा पानीको बहाव अत्यधिक भएको छ।
पानीको बहाव अत्याधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। शनिबार रातिबाट ब्यारेजका सबै ढोका खोलिएको हो।
प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको छ।
आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो। यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो।
पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ।
प्रकाशित मिति: ११:१० बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












