Kathmandu Press

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

काठमाडौं, चैत २३ : ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चित समयसम्मको लागि स्थगित भएको छ। आगामी बैशाख ६र ७ गतको लागि तय गरिएको कार्यक्रम क....

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

काठमाडौं, चैत २३ : ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चित समयसम्मको लागि स्थगित भएको छ। आगामी बैशाख ६र ७ गतको लागि तय गरिएको कार्यक्रम कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनगर गर्दै दोस्रो पटक स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ।’

स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्