Kathmandu Press

ठूलो पदमा हुँदामात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल

त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन्।
ठूलो पदमा हुँदामात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल
फाइल तस्बिर।

काठमाडौं, असार २२ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन्।

शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिइन्।

Hardik ivf

त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन्।

‘ठूलो पदले मात्र ठूलो मान्छे बन्ने होइन्। आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ। जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठूलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’ उनले भनिन्।  

 

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्