पूर्वप्रधानमन्त्रीहरुसँग देउवाको टेलिफोन सम्वाद, भने- कोरोनाविरूद्धको लडाइँमा मिलेर लागाैं
काठमाडौं, चैत २३ : कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं सरकार प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्। फोनवार्तामा कोरोना भाइरसविरुद्ध ....

काठमाडौं, चैत २३ : कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं सरकार प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्। फोनवार्तामा कोरोना भाइरसविरुद्ध एक्यवद्धताका लागि अपिल गरेका छन्।
आइतबार मध्याह्न पूर्वप्रधानमन्त्री देउवाले पूर्वसरकार प्रमुखहरुसँग टेलिफोन वार्ता गरेका हुन्। उनले पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग कुराकानी गरेका छन्।
पूर्वसरकार प्रमुखहरुसँगको छलफलमा कोरोना भाइरसबारे छलफल गरिएको जनाएको छ। कोरोनाविरुद्ध सरकारले चालकका कदममा सहयोग गर्दै अघि बढ्ने विषयमा छलफल भएको जनाएको छ।
उनीहरुसँग छलफल भएको विषयमा देउवाले ट्वीट गरेर पनि सार्वजनिक गरेका छन्। उनले ट्वीटमा भनेका छन्, 'पूर्वप्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसँग आज टेलिफोनमा सम्वाद गरें। आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु।'
देउवाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै राजनीतिक दल, सबै तह र तप्कामा रहेका व्यक्तिहरुको एक्यवद्धता होस् भन्ने उद्देश्यले टेलिफोन सम्वाद गरेको जनाएको छ।
पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 5, 2020
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l











