Kathmandu Press

नयाँ सरकार धारा ७६ (२) बमोजिम नै बन्छ : कांग्रेस

‘राजनीतिक रुपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत जुटेको छ,’ उनले भने।
नयाँ सरकार धारा ७६ (२) बमोजिम नै बन्छ : कांग्रेस

काठमाडौं, असार २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने नेपाली कांग्रेसले जनाएको छ।

शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकले नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने निर्णय गरेको हो।

Hardik ivf

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुम सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओली नेतृत्वको नयाँ सरकार गठन हुने बताए। बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिकरुपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा नहुने बताए।

‘राजनीतिक रुपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत जुटेको छ,’ उनले भने।

बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने कुराको कार्यान्वयन गर्ने निर्णय गरे छ।

नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता बैठकले व्यक्ति गरेको छ।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्