स्याङ्जामा पहिरोमा २ जनाको मृत्यु, १ जना बेपत्ता
शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्याङ्जा, असोज २२ : स्याङ्जामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन्। उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए।
पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ।
प्रकाशित मिति: १८:५३ बजे, शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार