Kathmandu Press

काठमाडौं उपत्यका भित्रका नदीहरुमा पानी बहाव उच्च

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरे।
काठमाडौं उपत्यका भित्रका नदीहरुमा पानी बहाव उच्च

काठमाडौं, असोज २२ : शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ।

सडकहरुमा पानी जम्मा भएको छ। कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ। केही स्थानहरु डुवानमा परेका छन्।

Hardik ivf

पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गरे।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया वदली रहने जनाएको छ।

सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट््याङसहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ।

प्रकाशित मिति: १४:२६ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्