Kathmandu Press

मुख्यमन्त्री सिंहले बर्खास्त गरे माओवादीसहित ४ दलका ६ मन्त्री

विश्वासको मतमा काग्रेस र एमाले साथ दिने भएपछि उनले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्री बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री सिंहले बर्खास्त गरे माओवादीसहित ४ दलका ६ मन्त्री

धनुषा, असोज २२ : मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना ६ मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि माओवादीसहित ४ दलका ६ मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री सिंहले आजै विश्वसाको मत लिँदैछन्।

Hardik ivf

विश्वासको मतमा काग्रेस र एमाले साथ दिने भएपछि उनले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्री बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री सिंहले अर्थमन्त्री भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्त गरेका हुन्।

यस्तै, मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन्। मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राखेका छन् ।

शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्