Kathmandu Press

देशभर मनसुनी वर्षा, आवश्यक सतर्कता अपनाउन अनुरोध

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ।
देशभर मनसुनी वर्षा, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं, असार २२ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ।

अहिले देशभर साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ।

Hardik ivf

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

मुलुकका विभन्न भागमा भारी वर्षा हुँदा हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

 

प्रकाशित मिति: ०९:५० बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्