कांग्रेस संसदीय दलको बैठक बस्दै
बैठकमा कांग्रेस र एमालेबीच गत सोमबार बनेको सहकार्य सहमति सहकार्यबारे जानकारी गराउने कार्यसूची रहेको बताइएको छ।
काठमाडौं, असार २२ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ।
बैठकमा कांग्रेस र एमालेबीच गत सोमबार बनेको सहकार्य सहमति सहकार्यबारे जानकारी गराउने कार्यसूची रहेको बताइएको छ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ। प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेस र एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ।
प्रकाशित मिति: १०:३७ बजे, शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












