Kathmandu Press

संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला

कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए।
संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला
फाइल तस्बिर।

काठमाडौं, असार २१ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताएका छन्।

स्व. गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिए।

Hardik ivf

‘अन्तरिम संविधानमा गिरिजाबाबुकै कारण श्रम आयोगको व्यवस्था गरिएको थियो, २०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा जातीय आयोगको व्यवस्था गर्न सकिए पनि श्रम आयोग छुटेको हो, मैले त्यसबेला पनि श्रम आयोगको व्यवस्था गर्न पहल गरेको हुँ तर सकिएन, अब यसमा सहमति जुट्ने विश्वास छ,’ नेता कोइरालाले भने।

कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिए।

निर्वाचन प्रणालीमा सुधार गर्न सकिए जनताले चाहेको पूरा हुने भएकाले पनि संविधान संशोधन गरिनुपर्ने नेता कोइरालाको भनाइ थियो। स्थिरताका लागि पनि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने उनले बताए।

प्रकाशित मिति: २०:५३ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्