जुम्लामा चट्याङ लागेर ४५ भेडा मरे
बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्याएको हो। चट्याङले मालिका बोताका एघार किसानका भेडाहरू मरेका हुन्।(2)-1720191693.jpg)
जुम्ला, असार २१ : जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन्।
बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्याएको हो। चट्याङले मालिका बोताका एघार किसानका भेडाहरू मरेका हुन्।
मालिकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मानबहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरिबहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २० र रामबहादुर रावतका १ भेडा मरेका छन्।
कुल ५४ भेडा मरेको स्थानीय किसान हरि बहादुर रावतले जानकारी दिएका छन्। चट्याङमा परि कनका सुन्दरिगाउपालिका वडा नम्बर २ का कृषकको ठुला क्षति भएको छ।
कृषकहरूलाई पालिकाबाट केही राहात दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताएका छन्।
प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












