Kathmandu Press

रौतहटमा ट्यूसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते

घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रौतहटमा ट्यूसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते

रौतहट, असार २१ : रौतहटको गौरमा ट्यूसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्।

घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ।

गौर नगरपालिका नजिकै संचालनमा रहेको ट्यूसन तथा कोचिङ्ग सेन्टरका विद्यार्थीबीच झडप भएको थियो ।

प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय संजिव गुप्ता, २१ वर्षीय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवमकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको छ।

जसमध्ये एक जनाको संगलग्नता देखिएको र अन्य तीन जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १९:५० बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्