Kathmandu Press

धितोपत्र बोर्डको नियुक्ति विवादमा अन्तरिम आदेशलाई निरन्तरता

सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार रिटको अन्तिम टुंगो नलागेसम्मका लागि यसअघि एकल इजलसाबाट जारी अन्तरिम आदेश निरन्तर हुने निर्णय दिएको हो।
धितोपत्र बोर्डको नियुक्ति विवादमा अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं, असार २१ : सर्वोच्च अदालतको संयुक्त इजलासले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने गरी आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार रिटको अन्तिम टुंगो नलागेसम्मका लागि यसअघि एकल इजलसाबाट जारी अन्तरिम आदेश निरन्तर हुने निर्णय दिएको हो।

बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले रिट दायर गरेका थिए। पटक पटकको वार्तामा पनि सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठबाहेक अरू उम्मेदवार उपस्थिति नभइदिएपछि अन्ततः अध्यक्ष छनोट तथा सिफारिस समितिले प्रक्रिया रद्द भएको घोषणा गरेको थियो । त्यसविरुद्ध श्रेष्ठ अदालत गएका थिए।

गत असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको शुक्रबारको आदेशपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल यथास्थितिमा रहने भएको छ।

बोर्डको अध्यक्ष सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार हाल अर्थ मन्त्रालयले पहिलो प्रक्रिया खारेज गरेर नयाँ समिति गठन गरेको छ।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्