Kathmandu Press

क्यानले उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने

बोर्ड बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै उपाध्यक्ष राेशनकुमार सिंहसहित, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल छन्।
क्यानले उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं, असोज २१ : नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ।

बिहीबार बसेको क्यानको बोर्ड बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो।

Hardik ivf

जसमा उपाध्यक्ष सिंहसहित, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल छन्।

यस्तै, बैठकले आईसिसीबाट बजेट प्राप्त भएपछि सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर र टर्फ विकेट निर्माण गर्ने निर्णय पनि गरेको छ।

टियू मैदानको पिच पुनर्निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्ने लगायतको निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्