Kathmandu Press

अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन 

शुक्रबार बसेको जनता समाजवादी पार्टीको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्राचार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।
अशोक राई नेतृत्वको जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन 

काठमाडौं, असार २१ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ।

अशोक राई नेतृत्वको जसपाबाट प्रतिनिधि सभामा सात सांसद छन्। सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

Hardik ivf

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्।

प्रधानामन्त्री दाहालले जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्। प्रमुख सत्ता साझेदार एमालेले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ।

 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्