Kathmandu Press

सन्दीपलाई खेलाडी वर्गीकरणमा राख्ने क्यानको निर्णय, ग्रेड ‘ए’ परे

बिहीबार बसेको बोर्ड बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो। बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो।
सन्दीपलाई खेलाडी वर्गीकरणमा राख्ने क्यानको निर्णय, ग्रेड ‘ए’ परे

काठमाडौं, असार २१ : नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको बोर्ड बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो। बलात्कारको मुद्दामा केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

बलात्कारको मुद्दालागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्। मुद्दा लगत्तै क्यानले सन्दलीपलाई निलम्बन गरेको थियो।

तर, पछि निलम्बन फुकुवार गरेर नेपाली टिमबाट खेलेपछि उनलाई वर्गीकरणमा भने समावेश गरिएको थिएन्।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्