‘एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दै छ’
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुरुवात हुने बताए।-1720180965.jpg)
काठमाडौं, असार २१ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्रको हित गर्न नसक्ने बताए।
‘कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ। आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन्। सही पार्टी खोजिरहेका छन्,’ उनले भने, ‘स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ। जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ। दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले राष्ट्रको हित गर्न सक्दैन।’
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुरुवात हुने बताए। नेकपा एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति देशमा नै रहेको उनको दाबी छ।












