Kathmandu Press

‘विकसित नयाँ समीकरणमा कुनै पार्टी एक्लैअघि बढ्न सक्दैन्’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औंल्याए। नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
‘विकसित नयाँ समीकरणमा कुनै पार्टी एक्लैअघि बढ्न सक्दैन्’

काठमाडौं, असार २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन्।

शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए।

‘अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ। यस्तो बेला हाम्रो पार्टीको माग छ। अहिले कुनैपनि पार्टी एक्लै जानसक्ने अवस्थामा छैनन्। या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने वाध्यता छ,’ उनले भने, ‘यसबेला सहयोगीहरुको आवश्यता परिरहेको छ। त्यसअर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै  छ।’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औंल्याए। नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ। यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ। यस अर्थमा हामीले कसरी अघि बढ्ने हो, यसबारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ। नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिने, कस्तो आकार ग्रहण गर्ने, पुरानो सरकार कहिले बिदा हुन्छ, यी सबै कुरा यत्तिकै निष्कर्षमा पुग्दैनन् । यसमा हाम्रो सहभागिता र भूमिका हुने भएकाले यसमा एकजुट भएर अघि बढ्नुपर्ने अवस्था छ।’

 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्