Kathmandu Press

प्रधानमन्त्रीले प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई पत्राचार समेत गरिसकेका छन्। 
प्रधानमन्त्रीले प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं, असार २१ : प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई पत्राचार समेत गरिसकेका छन्।

एमालेले बुधबार मात्रै सरकारमा सहभागि ८ जना मन्त्रीहरुको राजीनामा गराई सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका हुन्। 

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ तर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालसँग माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १० र अशोक राई नेतृत्वको जसपाको ७ गरेर जम्मा ७९ मत मात्र छ।

असार १७ गते कांग्रेस र एमाले बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधन लगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

संसदका दुई ठुला दलहरु कांग्रेस र एमालेको गठबन्धनमा नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ। तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्था बमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन्।

संविधानत सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
 

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्