एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी
यसअघि बिहीबार माधवकुमार नेपाललाई अध्यक्ष र घनश्याम भूसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो। त्यस्तै, झलनाथ खनाललाई सम्मानित नेता बनाइएको थियाे।
काठमाडौं, असार २१ : नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा असार १६ गतेबाट जारी पार्टीको महाधिवेशनले उक्त नयाँ कमिटी घोषणा गरिएको हो।
यसअघि बिहीबार माधवकुमार नेपाललाई अध्यक्ष र घनश्याम भूसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो। त्यस्तै, झलनाथ खनाललाई सम्मानित नेता बनाइएको थियाे।
एकीकृत समाजवादीले २१ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानमा व्यवस्था रहेकाे छ।
प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार