Kathmandu Press

बागमती सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीले राजीनामा बुझाउन पाएनन्

बागमती सरकार संकटमा पर्ने भएपछि बागमतीका मुख्यमन्त्री जम्मकट्टेल काठमाडौंमा आएका छन्। उनी हेटौंडामा नरहेका कारण नेकपा एमालेको तर्फबाट बागमतीमा मन्त्री बनेकाहरूको राजीनामा प्रक्रिया प्रभावित भएको हो।
बागमती सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीले राजीनामा बुझाउन पाएनन्

काठमाडौं, असार २१ : नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्मकट्टेल काठमाडौँमा आएका कारण एमालेका मनत्रीहरुको राजिनामा रोकिएको छ।

बागमती सरकार संकटमा पर्ने भएपछि बागमतीका मुख्यमन्त्री जम्मकट्टेल काठमाडौंमा आएका छन्। उनी हेटौंडामा नरहेका कारण नेकपा एमालेको तर्फबाट बागमतीमा मन्त्री बनेकाहरूको राजीनामा प्रक्रिया प्रभावित भएको हो।

एमालेले शुक्रबार नै बागमती सरकारबाट बाहिरिने योजना बनाएको थियो। तर मुख्यमन्त्री जम्मकट्टेल नभएकै कारण राजीनामा रोकिएको छ।

सरकारबाट राजीना दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले थियो। तर मुख्यमन्त्री नभएकै कारण प्रभावित भएको छ। बागमती प्रदेश सरकारमा नेकपा एमालेका ५ जना मन्त्री छन्।

 

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्