Kathmandu Press

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा 

आज बिहान भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।  अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको थियो ।
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा 

काठमाडौ, असार २१ : अर्जेन्टिना कोपा अमेरिका–२०२४ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको क्वार्टरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।  अमेरिकाको एनआरजी रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए‌ ।

Hardik ivf

तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो । इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका हुन् ।

पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

पेनाल्टीमा अर्जेन्टिनाबाट प्रहारका लागि आएका पाँचमध्ये चारजनाले गोल गरे। अर्जेन्टिनाबाट पहिलो प्रहारका लागि आएका कप्तान लियोनल मेसीले ‘पेन्नेन्का’को प्रयास गरे पनि बारमा लागेर फर्किएको थियो । 

तर, यसपछि प्रहारका लागि आएका हुलियन आल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्सियल र निकोलस ओटामेण्डीले पेनाल्टी प्रहारमा कुनै गल्ती गरेनन् । 

इक्वेडरका एन्जल मिना र एलन मिन्डाको प्रहार अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले जोगाएका थिए । इक्वेडरको सुरुआती दुई प्रहार बचाएपछि अर्जेन्टिना सहज स्थितिमा पुगेको थियो । इक्वेडरको तेस्रो र चौथो प्रहार गोल भए पनि त्यो जितका लागि पर्याप्त बनेन । 

इक्वेडरबाट तेस्रो प्रहारका लागि जोन एबोह र चौथो प्रहारका लागि आएका जोर्डी कैसेडोले गोल गरेका थिए ।

प्रकाशित मिति: ०९:१८ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्