Kathmandu Press

३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

‘सरकारले राजीनामा गर्दैन्, ३० दिन पनि काट्दैन्। हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘कुन दिन गर्ने भन्ने निर्णय भइसकेको छैन्। तर सकेसम्म विश्वासको मत फेस गर्छाैं, राजीनामा दिने भन्ने छैन।’
३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं, असार २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने भएका छन्।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘सरकारले राजीनामा गर्दैन्, ३० दिन पनि काट्दैन्। हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘कुन दिन गर्ने भन्ने निर्णय भइसकेको छैन्। तर सकेसम्म विश्वासको मत फेस गर्छाैं, राजीनामा दिने भन्ने छैन।’

 

प्रकाशित मिति: २०:५० बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्