बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका मन्त्रीहरू सामेल भएका छन्।
काठमाडौं, असार २० : सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि नयाँ परिस्थितिमा मन्त्रिपरिषद् बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका मन्त्रीहरू सामेल भएका छन्।
प्रधानमन्त्री दाहालले रास्वपाका मन्त्रीहरूलाई राजीनामा बुझाउन रोकेका थिए। मन्त्रिपरिषद वैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार