Kathmandu Press

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका मन्त्रीहरू सामेल भएका छन्।
बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, असार २० : सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि नयाँ परिस्थितिमा मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका अतिरिक्त माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका मन्त्रीहरू सामेल भएका छन्।

प्रधानमन्त्री दाहालले रास्वपाका मन्त्रीहरूलाई राजीनामा बुझाउन रोकेका थिए। मन्त्रिपरिषद वैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्