आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट
काठमाडौं, चैत २३ : झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जल....

काठमाडौं, चैत २३ : झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जी, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो। स्थानीय इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बेलुकी ४ः१५ बजेबाट राईको घरबाट आगलागी शुरु भएको थियो।
आगलागीमा परेकामध्ये झकडबहादुर भने यसअघिदेखि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए। आगलागी भएको थाहा पाएपछि दमक नगरपालिकाको दमकलका साथै कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयको पहलमा आगो निभाइएको थियो। आगलागी धूमपान सेवन गरेर फालेको ठूटोबाट भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
मुग्लिन चितवनमा आगलागीबाट घर जलेर नष्ट हुदाँ दुई परिवार बिचल्लीमा परेका छन्। शनिबार बेलुका ४ बजेको समयमा चितवनको इच्छाकमना गाउँपालिका–६ तुन्तेषमा कुलबहादुर घर्ती र चन्द्रबहादुर घर्तीको घर जलेर नष्ट भएपछि उनीहरुको परिवार बिचल्लीमा परेका हुन्।
घरमा रहेको सोेलार सर्ट भई दुईवटै घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय यामबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार आगलागीबाट के–कति क्षति भयो यकिन नभए पनि घरमा रहेका खाद्यान्न कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ। अहिले उनीहरु छिमेकीको घरमा बसेका छन्।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
