Kathmandu Press

मध्यावधि निर्वाचनलाई जाेडेर भ्रमपूर्ण समाचार छापेर विवादमा तानियाे: डा. महत

काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचनलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै आपत्ति&nbs....

मध्यावधि निर्वाचनलाई जाेडेर भ्रमपूर्ण समाचार छापेर विवादमा तानियाे: डा. महत

काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचनलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन्। हालै एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा महतले मध्यावधि निर्वाचनको माग गरेको भन्दै आलोचना भइरहेको छ।

महतले आइतबार विज्ञप्ति जारी गरी अन्तर्वार्ता दिने क्रममा आफूले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर मध्यावधि निर्वाचन मागेको भन्दै समाचार आएकोप्रति ध्यानाकर्षण भएको बताएका छन्।

'अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो,' उनले भने,  'अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई बंगाएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ।'

उनले अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने रहेको र चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने ध्येय आफ्नो रहेको बताएका छन्।

'हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसको आधारमा दृष्टिाकोण बनाउन अनुरोध गदर्छु। अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु,' उनले भने, 'यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु।'

प्रकाशित मिति: १२:३० बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्