पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु
धनुषाको धनौजी गाउँपालिका–५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर बिहीबार दिउँसो मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनकाे मृत्यु भएकाे छ।
काठमाडौं, असार २० : धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
धनुषाको धनौजी गाउँपालिका–५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर बिहीबार दिउँसो तीन बालिकाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्युहुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन्।
बिहीबार दिउँसो १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल ल्याएका छन्। एक जनाको बाटैमा र २ जनाको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
उनीहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












