Kathmandu Press

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं, असार २० : नेकपा एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन ध्यानाकर्षण गराएको छ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै दीर्घकालिन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्। एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न गर्ने सहमति पछि असार १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो।

अहिलेको परिस्थितिमा वर्तमान सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई एमालेले पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्