Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्ब

बिहीबार तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता सेयर ८४ हजार एक सय २६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ।
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्ब

काठमाडाैं, असार २० : साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेको छ। नेप्से १५.४६ अंकले बढेर दुई हजार एक सय १९.६९ अंकमा कायम भएको हो। कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिपछि नेप्से लगातार बढिरहेको छ।

बिहीबार तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार ६ सय ७९ कित्ता सेयर ८४ हजार एक सय २६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ।

आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ।

बैंकिङ ०.४८, होटेल तथा पर्यटन १.७५, जलविद्युत् ०।२२, लगानी १.८९ र जीवन बिमा १.९७ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको तीस करोड नौ लाख चार हजार ६ सय ९४ बराबरको कारोबार भएको छ।

बिहीबार एनआइसी एसिया ब्यालेन्स फन्डको सर्वाधिक ३५ लाख एक हजार दुई सय कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्