Kathmandu Press

डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ।
डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

काठमाडौं, असार २० : देशभर डेंगुको संक्रमण बढ्दै गएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ।

७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

Hardik ivf

डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ। इडिसिडीको तथ्यांक अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लागरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन।  

काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ।

गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो।

चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्