Kathmandu Press

माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी

महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपालले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ। भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ।
माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी
Hardik ivf

काठमाडौं, असोज २० : नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउने गरी कसरत भइरहेको नेताहरुले बताएका छन्।
 
महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपालले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ। भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ।

भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ। सम्मानीत नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ।

असार १६ गते उद्घाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो।
 
महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्