सहकारी छानविन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलायो
समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरिक्षक वसन्त कुँवरलाई शुक्रबार छलफलका लािग बोलाएको हो। समितिले उनीहरुसँग देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिनेछ।
काठमाडौं, असार २० : सहकारीको रकम हिनामिना भएको छानविन गर्न बनेको संसदीय विशेष छानबिन समितिले छलफलका लािग गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएको छ।
समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरिक्षक वसन्त कुँवरलाई शुक्रबार छलफलका लािग बोलाएको हो। समितिले उनीहरुसँग देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिनेछ।
सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने समितिले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम संसदीय समिति गठन गरिएको थियो।
प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार