Kathmandu Press

कांग्रेस–एमाले एक्लै चुनाव लडे अरु यत्तिकै विलाएर जान्छन् : नेता कोइराला

‘अब कांग्रेसले एमालेलाई तिमीहरू पनि कोहीसँग नमिल, हामी पनि कोहीसँग मिल्दैनौँ भन्नुपर्छ। यसमा दुई दलले एउटा समझदारी गर्नैपर्छ,’ उनले भने ‘त्यसपछि अहिले भएका साना पार्टीहरू आफैं बिलिन भएर जान्छन्। कसैले सत्ताका लागि च्याँखे थापेर यता–उता पनि गरिरहन पाउँदैन।’
कांग्रेस–एमाले एक्लै चुनाव लडे अरु यत्तिकै विलाएर जान्छन् : नेता कोइराला
फाइल तस्बिर।

वीरगञ्ज, असार २० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस र एमालेले छुट्टाछुट्टै निर्वाचन लडे अरु यत्तिकै विलाएर जाने बताएका छन्।

नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्। नेता कोइरालाले एमालेसँगको सहमतिसँगै दुई प्रमुख दलले एक्ला एक्लै चुनाव लड्ने गरी अघि बढे सही लोकतान्त्रिक अभ्यास हुने र च्याँखे थाप्नेहरू बिलाएर जाने बताए।

Hardik ivf

‘अब कांग्रेसले एमालेलाई तिमीहरू पनि कोहीसँग नमिल, हामी पनि कोहीसँग मिल्दैनौँ भन्नुपर्छ। यसमा दुई दलले एउटा समझदारी गर्नैपर्छ,’ उनले भने ‘त्यसपछि अहिले भएका साना पार्टीहरू आफैं बिलिन भएर जान्छन्। कसैले सत्ताका लागि च्याँखे थापेर यता–उता पनि गरिरहन पाउँदैन।’

कोइराले बल्ल आफ्नो एजेन्डाअनुसार देशको राजनीति आइपुगेको भनाई पनि राखे। उनले ढिलै भए पनि एमालेसँग मिलेर अब संविधानमा त्रुटीहरूलाई सच्याउन आवश्यक रहेको बताए।

‘हामीले संविधान र निर्वाचन प्रणाली परिमार्जित गर्नुपर्छ। संविधान सुधारेर अगाडि जान एमालेसँग मिल्नुपरेको हो,’ नेता कोइराले भने, ‘तीन–तीन महिनामा प्रदेश र केन्द्रको सरकार फैरिँदैछ, विसंगतिहरू पनि दुवैतिर उत्तिकै आइरहेका छन्। देश अराजकतातिर जाने जोखिम छ। त्यसैले अहिले कांग्रेस र एमालेको सहकार्य उचित र आवश्यक निर्णय हो।’

माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अस्थिरताप्रति पनि कोइरालाले आलोचना गरेका थिए।

‘माओवादीले कस्तो गर्‍यो भने कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनावमा ३२ सिट ल्यायो। सरकार जान एमालेसँग मिल्यो। एमालेसँग सरकारमा गइसकेपछि त्यतै मिलिरहेको भए पनि हुन्थ्यो नि, फेरि कांग्रेससँगै मिल्न आइपुग्यो,’ उलने भने, ‘केही महिनामै कांग्रेसलाई छाडेर सत्ता लम्ब्याउन एमालेसँग मिल्न पुग्यो। यो अभ्यास देखेर जनता दिक्क भइसकेका थिए।’

कांग्रेस र एमाले एक ठाँउमा उभिए देशको राजनीति सहि गन्तव्यमा पुग्नसक्ने भनाई नेता कोइरालाको थियो।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्