करणीको आरोपमा दुई जना पक्राउ
किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो।काठमाडौं, असार २० : जबरजस्ती करणीको आरोपमा प्रहरी र काठमाडौं र झापाबाट दुई जनालाई पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।
किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकै बाह्रदशी गाउँपालिका–१ बस्ने २८ वर्षीय अन्सार मियाँलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
मियाँले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।