Kathmandu Press

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

भक्तपुर, चैत २३ : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर एक कामदारको मृत्यु भएको छ। उदयपुर गाईघाट नगरपालिका....

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

भक्तपुर, चैत २३ : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर एक कामदारको मृत्यु भएको छ। उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भएका ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको हो। 

इँटा बनाउनको लागि पानी जमाएको पोखरीमा डुबेका राईको प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष मानिसहरुको मृत्यु हुँदै आएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्