पूर्वसांसद इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र
अभियोगपत्रमा तामाङसहित उनका मामाससुरा केशवलाल श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा परेको पूरक जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दायर भएको हो।
काठमाडौं, असार १६ : सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा पूर्व सांसद इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर भएको छ।
अभियोगपत्रमा तामाङसहित उनका मामाससुरा केशवलाल श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा परेको पूरक जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दायर भएको हो।
सीआईबीको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंल पुरक अभियोग दर्ता गरेको हो। यसअघि ठगी मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका तामाङ र केशवलाल श्रेष्ठविरुद्ध ७ करोड ८८ लाख ४५ हजार बिगो भराउनु पर्ने माग गर्दै पूरक अभियो दर्ता भएको छ।
सहकारी ठगीमा सीआइबीले २०७८ सालमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित अदालतमा अर्को मुद्दा समेत छ।

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)