Kathmandu Press

कांग्रेस–एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।
कांग्रेस–एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने

काठमाडौं असार १९ : संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीचको असमति अनुसार बन्न लागेको नयाँ गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गर्ने भएको छ।

बुधबार अपरान्ह बसेको लोकपा पदाधिकारी बैठकले कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसलाई समर्थन गर्ने निर्णय गरेको हो।

Hardik ivf

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए।
     
सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताए।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्