Kathmandu Press

थमन विक हत्या आरोपी पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो।
थमन विक हत्या आरोपी पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

महोत्तरी, असार १९ : सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशाल यादवलाई पुर्पक्षका लागि थुनामा पठाइने भएको छ। महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुपनामा पठाउने आदेश दिएपछि उनलाई थुनामा पठाइएको हो।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो।

Hardik ivf

मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा लामो समयदेखि फारार रहेका पूर्वसांसद यादवलाई गत शनिबार राति पक्राउ गरिएको थियो।

सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई  २०७२ भदौ २५ गते मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो।

प्रकाशित मिति: १८:४३ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्