अख्तियार आयुक्त अमात्यको घरमा महानगरले चलायाे डोजर
मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा.अमात्यको घरको कम्पाउण्ड पर्खाल डोजर लगाएर भत्काइएको हो।
काठमाडौं, असार १९ : ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ।
मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा.अमात्यको घरको कम्पाउण्ड पर्खाल डोजर लगाएर भत्काइएको हो।
स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए।
बुधबार दिउँसो महानगरपालिकाको टोली डोजर लिएर अमात्यको घर पुगेके थियो। १५ आना ३ पैसा जग्गासहितको घर २०७८ असोज १ गते अरुबाट खरिद गरेको जनाइएको छ।
स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएको कारण ललितपुर महानगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)