Kathmandu Press

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी

आयुक्तमा सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध गत ७ असारमा १० दिन समय दिएर उजुरी माग गरेको थियो। प्रधानविरुद्ध पाँच वटा उजुरी परेको जनाइएको छ। सबै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित छन्।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी

काठमाडौं, असार १९ : संवैधानिक परिषदले निर्वाचन आयुक्तमा सिफारिस गरेका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ।

आयुक्तमा सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध गत ७ असारमा १० दिन समय दिएर उजुरी माग गरेको थियो। प्रधानविरुद्ध पाँच वटा उजुरी परेको जनाइएको छ। सबै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित छन्।

Hardik ivf

प्रधान नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा आफूलाई कार्यालयमै इच्छाविपरीत यौन सम्पर्क गरेको दाबीसहित एक महिलाको उजुरी परेको छ।

जागिर लगाइदिने बहानामा प्रधानले यौन सम्पर्क गर्ने गरेको भन्दै अर्को उजुरी समेत छ। घटना सामसुम पार्न प्रधानले एक करोड रुपैयाँ दिएको समेत उजुरीमा दाबी छ।

उजुरीकर्ताले रकम दिएको चेक र मिति समेत प्रमाणका रुपमा पेश गरेका छन्। पीडित महिलाले २४ भदौ २०८० मा पीडित काठमाडौं जिल्ला अदालतमा यौन दुव्र्यवहारको मुद्दा दिएकोमा पैसामा मिलापत्र गरिएको समेत उजुरीमा उल्लेख छ।

संविधानको धारा २४५ को उपधारा ६ मा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने व्यवस्था छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ५ मा पनि संवैधानिक परिषद्ले नियुक्तिको सिफारिस गर्दा नै सम्बन्धित व्यक्तिको चरित्र ख्याल गर्नुपर्ने उल्लेख छ ।

गत २ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्