Kathmandu Press

नेप्से सामान्य अंकले बढ्यो

आज ३१४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ।
नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, असार १९ : नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २४००.२२ को अंकमा कायम भएको हो।

आज ३१४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६.१२ र वित्त समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ। बैंकिङ ०.६३, विकास बैंक २.७१ र लगानी ०.१८ प्रतिशतले बढेको । अरु सबै समूहको उपसूचक घटेको छ।

होटल तथा पर्यटन ०.१९, जलविद्युत् ०.६८, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन १.०७, लघुवित्त ०.१४, म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा ०.३ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्